काठमाडौँ । मन्त्रीपरिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
आजको बैठकमा भोली संसदमा पेश हुने नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्दै राष्ट्पति विद्यादेवी भण्डारी समक्ष पठाउने सम्भावना रहेको छ।
यसैबिच, नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिन आज प्रधानन्त्री केपी शर्मा ओलीले पार्टीका नेता तथा मन्त्रीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
