एमाले-माओवादी एकतापछि देउवालाई थ्रेट, रात्रिभोज गर्ने तयारी !

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र अहिले ‘थ्रेट’ बढेको छ ।

कम्युनिष्ट पार्टीहरुबीचको एकता सम्पन्न भएपछि कांग्रेसभित्र यतिवेला आन्तरिक एकताको छलफल सुरु भएको छ । यसको लागि सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक भेला बोलाउने तयारी थालेका छन् ।

Advertisement

कांग्रेसका एक नेताले भने,‘कम्युनिष्टहरु एक भएपछि अब हामी पनि अब एक हुनुपर्छ, यसको कुनै विकल्प छैन्।’

सभापति देउवाले आफूसहित बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु क्रमशः विजय कुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा. रामशरण महत, प्रकाशमान सिंह, डा. शशांक कोइराला, शेखर कोइरालासहितको रात्रि भोजको आयोजना गर्दैछन् ।

More News last news
Loading...