काठमाडौं । एमाले र माओवादी केन्द्रबीच एकता भैसकेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु एकतालाई खुशी र बेखुी बनेका छन् ।
केही नेताहरुले एकताप्रति खुशी व्यक्त गरेका छन् भने केहीले भने एकताप्रति बेखुशी व्यक्त गरेका छन्।
नेता मिन विश्वकर्माले पत्रकार ऋषि धमलासँगको कुराकानीमा भने,‘उहाँहरुको एकतालाई लिएर हामी खुशी छौं, अब कांग्रेस सशक्त र एक भएर अघि बढ्छ, उहाँहरुको एकता हाम्रो लागि खुशीको कुरा हो।’
उनले कांग्रेस मिलाउनकोलागिपनि एमाले–माओवादीबीचको एकता आफूहरुको लागि वरदान सावित भएको बताए।
अर्का नेता डा. शेखर कोइरालाले कांग्रेस नेतृत्व सशक्त नभएको अवस्थामा एमाले–माओवादी एकता भएकोले कांग्रेसले एकिकृत पार्टी थेग्न नसक्ने बताए।
उनले भने,‘कांग्रेसले एमाले र माओवादी केन्द्रको एकता थेक्न सक्दैन।’
स्रोतका अनुसार एमाले-माओवादी एकताप्रति कांग्रेस सभापति शेरबहादुर देउवा पनि बेखुशी छन्। सकेसम्म देउवा दुई पार्टीबीचको एकता नहोस् भन्ने पक्षमा थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
