काठमाण्डौ । नेकपा एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेपछि संगठनको रुप फेरिएको छ । संख्या र आकार बदलिएको छ।
नेताहरुको व्यवस्थापन तत्कालका लागि काम चलाउ हिसाबले बनाइएको छ । महाधिवेशनसम्मका लागि बनाइएको हाइकमाण्ड अर्थात सचिवालय नौ सदस्यीय छ।
एमालेमा उपमहासचवि रहेका विष्णु पौडेललाई सचिवालयको शक्तिशाली महासचिवको जिम्मेवारी दिइएको छ भने तत्कालिन एमालेका पूर्व अध्यक्ष झलनाथ खनालको वरियता घटेको छ।
यसअघि एमालेमा हुँदा दोस्रो वरियतामा रहेका खनाल एकतापछि चौँथोमा पुगेका छन् । माधव नेपालभन्दा अगाडि रहेका खनाललाई एकता हुँदा भने नेपालभन्दा पछि राखिएको छ।
पछिल्लो सयम पार्टीभन्दा बढि व्यक्तिगत कामका लागि सक्रिय हुने गरेको आरोप खनालमाथि लागेको छ । उनी पार्टी एकता घोषणा कार्यक्रममा पनि सहभागि भएनन्।
व्यक्तिगत कामका लागि उनी चीनमा रहेको बताइएको छ । एकता प्रक्रियामा पनि महत्वपूर्ण सहयोग नगरेकाले वरियाता घटाइएको बताइएको छ।
यता पौडेलले भने दुई दल एकताका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै महासचिवको जिम्मेवारी दिइएको छ। पौडेले पार्टीभित्र सन्तुलित र राम्रो छवी भएका नेता मानिन्छन् । उनका लागि सचिवालयको महासचिव पाउनु ठूलो उपलब्धि हो।
झलनाथ खनालको कमजोरीको फाइदा माधव कुमार नेपालले लिएका छन्। पछिल्लो समय एकता प्रक्रियामा महत्वपूर्ण भुमिका देखाएका नेपाल तेस्रो वरियतामा पर्न सफल भए । यसअघि खनालभन्दा पछि रहेका नेपाललाई एकतापछि अघि सारिएको हो।
उता एमाले महासचिव रहेका ईश्वर पोखरेल पनि एकतापछि पदविहिन बने । एमालेको शक्तिशाली महासचिव रहेका उनी एकतापछि अहिले रक्षा मन्त्री मात्रै छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
