तीन अर्बको सम्पत्ति, एमाले-माओवादीको कति ?

काठमाडौं । एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब दुई अर्बको चलअचल सम्पत्ति छ। बल्खुमा नौ रोपनी एक आना जग्गा छ । त्यस्तै, पाँच अञ्चल र ६५ जिल्ला कमिटीका आफ्नै भवन छन्।

माओवादी केन्द्रको चलअचल सम्पत्तिको यकिन तथ्यांक छैन। तैपनि, करिब एक अर्बको सम्पत्तिको अनुमान छ । पेरिसडाँडामा ६४ आना जग्गामा फैलिएको केन्द्रीय कार्यालयका दुईवटा भवन छन्। त्यहाँको ५६ आना जग्गा अखिल नेपाल ट्रेड युनियनको नाममा छ।

Advertisement

धेरै जिल्लामा आफ्नै जग्गा र भवन पनि छ। दुवै पार्टीको स्वामित्वमा रहेको चलअचल सम्पत्ति अब नेपाल कम्युनिस्ट पार्टीको स्वामित्वमा आउने नेताहरूले बताएका छन्।

बालुवाटारमा रात्रिभोज : खर्च दुई पार्टीले व्यहोर्ने

पार्टी एकीकरण भएको खुसियालीमा बिहीबार राति प्रधानमन्त्रीनिवास बालुवाटारमा दीपावली गर्नुका साथै रात्रिभोज दिइएको छ । दुई पार्टीका नेता–कार्यकर्तासहित करिब दुई सयजना भोजमा सहभागी भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार भोजको खर्च सरकारी रकमबाट तिरिनेछैन। दुई पार्टीले स्वामित्व लिनेछन्। ‘खर्चको विवरण अहिले भन्न सकिन्न, तर यो खर्च सरकारी ढुकुटीबाट तिरिन्न । दुवै पार्टीले स्वामित्व लिन्छन्,’ उनले भने।

More News last news
Loading...