काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच हुने पार्टी एकताको एकता संयोजन समितिले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ।
संयोजन समितिले एकताको औपचारिक निर्णय गर्ने हुनाले यसका लागि बिहान १० बजेपछि पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको थियो।
अहिले एमाले केन्द्रीय समितिको बैठक बालुवाटारमा बसिरहेको छ । त्यस्तै माओवादी केन्द्रीय समितिको बैठक माओवादी सचिवालय खुमलटारमा बसिरहेको छ। यसरी बस्ने बैठकले अहिले रहेको दुवै पार्टी विघटन गर्ने निर्णय गर्नेछ।
दुवै केन्द्रीय बैठक सकिएपछि संयुक्त बैठक भने बालुवाटारमा बस्ने र त्यसपछि विधिवत पार्टी दर्ता प्रकृयाका लागि एकीकृत पार्टीका नेताहरु निर्वाचन आयोग जाने कार्यक्रम रहेको छ।
त्यसपछि राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन आयोजना गरेर दुई पार्टी विधिवत रुपमा एकीकृत भई नयाँ पार्टी बनेको घोषणा गरिनेछ।
नयाँ पार्टीमा ४४१ केन्द्रीय समिति तथा ४३ सदस्यीय स्थायी समिति रहनेछ । तर त्यसभन्दा माथि पनि ९ सदस्यीय सचिवालय समिति रहने नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो। नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने तय भइसकेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
