काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले एमाले र माओवादी बीच एकता हुँदै गर्दा केहि प्रश्नहरु अनुत्तरित रहेको बताएका छन्।
उनले दुई पार्टी एकताबारे ट्वीट गर्दै प्रश्न गरेका छन्, ‘के वानरहरू पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ?’ एमाले र माओवादीले सर्वहारा अधिनायकत्व नै छाडेडिसकेकाले कम्युनिष्ट नाममा मोह दर्शाउनु बेकार भएकाे उनकाे तर्क छ।
उनले गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुइ हुने भएपनि माइनस एकको मूल्य धेरै कि माइनस दुइको मूल्य धेरै हो भन्ने कुरा मूख्य भएको समेत बताएका छन्।
माओवादी जनयुद्धका एक डिजाइनर मानिने भट्टराईले संविधानसभाबाट संविधान जारी भएपछि माओवादीबाट बाहिरिएर नयाँ शक्ति पार्टी गठन गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
