पोर्चुगलको बेरोजगार दर घट्यो, यस्तो छ इतिहाँस

लिसवन । पोचुगलको बेरोजगार दर सबैभन्दा निम्न विन्दुमा झरेको यहाँको राष्ट्रिय तथ्याङ्क विभाग (आइएनई) ले सोमबार सार्वजनिक गरेको छ।

आइएनईले फेब्रुवरीका लागि बेरोजगारी दर ७.८ प्रतिशत हुने अपेक्षा गरेकोमा यसमा ०.२ प्रतिशत कम अर्थात् ७.६ भएको बताएको छ। यो जनवरीको तुलनामा ०.३ प्रतिशतले कमी हो।

Advertisement

सन् २०१६ को सोही महिनाको तुलनामा यसवर्षको बेरोजगारी दरमा ४.३ प्रतिशत र सन् २०१७ को तुलनामा २.३ प्रतिशतले घटेको र यसलाई महत्वपूर्ण सुधार मानिएको सरकारले जनाएको छ।

परम्परागतरूपमा पर्यटनका लागि वर्षको शुरू त्यति उत्साहजनक नहुने मानिएपनि बेरोजगार दर घट्नुलाई एक सकारात्मक सूचकका रूपमा लिइएको आइएनईले जनाएको छ।

More News last news
Loading...