एजेन्सी । चीनमा ७ वर्षका बालकले संसारको ध्यान आफूतर्फ तानेका छन् । यी बालकको कामको संसारभरी चर्चा छ । यति सानो उमेरमा यी बालकले यस्तो काम गरेर देखाएका छन् जुन काम पाको उमेरको व्यक्तिले मात्र गर्न सक्छ। मिडिया रिपोर्टका अनुसार पूर्वी चीनको शिंगदाओ प्रान्तका यी बालक घर–घर गएर सामान डेलिभर गर्ने काम गर्छन्।
यो कुराको खुलासा तब भयो जब यी बालकले एक अन्तरवार्तामा आफ्नो कामबारे बताए । बालकले अन्तरवार्तामा आफूले दैनिक ३० पार्सल डेलिभरी गर्ने बताएका छन् । यी बालकले यस्तो काम किन गरिरहेका छन् त ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो । यी बालकलाई भने यस्तो काम गर्नु बाध्यता हो ।
यी बालक ३ वर्षको उमेरमै अनाथ भएका थिए । यी बालकको यो वास्तविकताका कारण सारा संसार उनको फ्यान भएका छन् । सामाजिक संजालका प्रयोगकर्ताहरुले ती बालकलाई ‘लिटिल ली’ नाम दिएका छन्।
चीनको सामाजिक संजाल भिभोमा यी बालकको एक भिडियो सार्वजनिक भएको छ । भिडियोमा बताइएअनुसार यी बालकका पिताको ४ वर्ष पहिले मृत्यु भएको थियो र आमाले अर्को विवाह गरेकी थिइन्।
त्यतिबेलादेखि यी बालकको हेरचाह यान शिफांग नामका व्यक्तिले गरेका थिए। यान लीका पितासँग काम गर्थे । पेशाले यान पनि डेलिभरी ब्वाय नै हुन् । लिटिल ली पनि अहिले त्यही काम गर्छन्।
ली एकपटक चीन चेस एसोसिएसनका एक अधिकारीकहाँ सामान डेलिभर गर्न गएपछि उनको कथा बाहिरिएको हो । ती अधिकारीलाई लीले सामान दिएर डेलिभरी स्लिपमा साइन गर्न भनेपछि यी अधिकारीको मन पग्लियो। यिनै अधिकारीले लीको कहानी सामाजिक संजालमा पोष्ट गरेका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
