काठमाडौँ । शुक्रबार दिउँसो कैलाली विमानस्थल नजिकैको आकाशमा चरो ठोक्किएर करिब ६ घण्टा धनगढी विमानस्थलमा रोकिएको सौर्य एयरलायन्सको जहाज काठमाडौं पुगेको छ।
काठमाडौंबाट प्राविधिक टोली गएर जाँचेपछि काठमाडौंका लागि उडेको र सकुसल उडान भरेको सौर्य एयरलायन्सका धनगढी स्टेशन इञ्चार्ज नवदित केसीले जानकारी दिए।
सौर्य एयरलायन्सका धनगढी स्टेशन इञ्चार्ज नवदित केसीका अनुसार धनगढी विमानस्थलमा ग्राउन्डेड भएको जहाज बेलुकी करिब ६ बजेउडेको हो।
प्राविधिक टोलीले कुनै खराबी नरहेको बताएपछि जहाज उडेको हो।
दिउँसोदेखि कुरिरहेका ५० जना यात्रु बोकेर जहाज काठमाडौंका लागि उडेको सौर्य एयरलायन्सका धनगढी स्टेशन इञ्चार्ज नवदित केसीले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
