सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७४/०७५ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ।
सोमबार बस्ने कर्णाली प्रदेश सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रको बारेमा छलफल हुने भएको हो।
प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्य सूची रहेको जानकारी दिनुभयो।
मन्त्रिपरिषदबाट स्वीकृत सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेश सभामा पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ। शनिबारको मन्त्रिपरिषदको बैठकबाट सरकारको नीति तथा कार्यक्रम स्वीकृत भएको थियोे।
प्रदेश सरकारको निति तथा कार्यक्रममा संघीय सरकारले चालु आर्थिक वर्षका लागि प्रदेश सरकारलाई खर्च गर्न दिएको बजेटको आधारमा नीति तथा कार्यक्रम ल्याइएकोे हो।
संघीय सरकारले प्रदेश सरकारलाई एक अर्व दुई करोड पाँच लाख बजेट दिएको थियो।
नीति तथा कार्यक्रममा प्रदेशको पूर्वाधार विकास, सडक, कृषि, पर्यटन क्षेत्रको विकासलगायत कर्णाली प्रदेशको सम्भावनाहरुको सम्भाव्यता अध्ययन गर्ने योजनाहरु समावेश गरिएको प्रदेश सरकारले जनाएको छ।
प्रदेश सभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
