काठमाडौं । कपिल शर्मा कुनै समयमा बलिवुडका कमेडी किङ्गको रुपमा चिनिन्थे । तर सफलताको छोटो अवधि पछि नै उनको जीवनमा एकपछि अर्को अप्ठ्याराहरु आउन थाले।
खबरहरुका अनुसार कपिल अहिले गहिरो डिप्रेसनमा छन्। उनी अहिले हरेक दिन कम्तिमा २३ गोली औषधी लिन्छन्।
कपिल शर्मालाई डिप्रेसनमा धकेल्न, लिक भएको उनको कल रेकड़िंगलाई मानिएको छ । उक्त रेकड़िंगलाई लिएर कपिलले आफ्नी पूर्व प्रेमीकाको विरुद्धमा पनि मुद्दा हाल्ने तयारि गरेका छन्।
कमेडी नाइट विद कपिल शर्माबाट सफलता प्राप्त गरेका कपिलको सुनिल ग्रोभरसंगको झगडाले करियरमा नराम्रो धक्का दिएको छ।
केही समयको तयारि पछि सुनिल बिना नै फेमिली टाइम विद कपिल शर्मा लिएर आएका उनलाई अहिले दर्शकले पनि पहिला जस्तो साथ दिन सकिरहेका छैनन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
