साप्ताहिक राशिफल : चैत ३० देखि बैशाख ५ गतेसम्म, हेर्नुहोस् …

– रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख १ गते : नववर्ष २०७५ साल आरम्भ, भक्तपुरमा बिस्केट जात्रा ।

Advertisement

वैशाख २ गते : बोडेमा जिब्रो छेड्ने जात्रा ।

वैशाख ३ गते : मातातीर्थ औंसी ।

वैशाख ५ गते : अक्षय तृतीया ।

मेष

लगनशीलताले विविध अवसर जुटाउनेछ । आफ्नो नाम लिएर अरूले फाइदा उठाउन सक्छन् । वादविवादबाट टाढा रहनु नै उपयुक्त हुन्छ । साताको अन्त्यमा यात्रा गर्ने अवसर जुट्न सक्छ । पुराना मित्रसँगको भेटले थप मनोरञ्जन प्रदान गर्नेछ ।

वृष

अध्ययन–अध्यापनमा प्रगति हुनेछ । सामाजिक जिम्मेवारी पूरा गर्दा आफ्नो छवि चम्कनेछ । व्यापार–व्यवसायबाट अपेक्षाभन्दा बढी लाभ मिल्नेछ । प्रेमी–प्रेमिकाबीचको सम्बन्ध प्रगाढ हुनेछ । आम्दानीका थप स्रोत फेला पर्न सक्छन् । सहकर्मीहरूसँगको वैचारिक मतभिन्नतामा आफन्तहरू सहयोगी हुनेछन् ।

मिथुन

ढिलै भए पनि अवसरहरू हात लाग्नेछन् । आफ्नो हैसियत बिर्सिएर अर्काको देखासिकी गर्नाले आर्थिक नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ । सोमबारपछि सही मार्ग पहिचान हुनेछ । हरियो रंगको पहिरनले करियर बनाउन सहयोग गर्नेछ ।

कर्कट

दृढताका साथ गरिएका सबै काममा सफलता हात लाग्नेछ । अभिभावकको सुझाव मनन गर्दा थप उचाइमा पुगिनेछ । विशेष कार्य योजनाको जग बसाइनेछ । माया गर्ने व्यक्तिहरूको ओइरो लाग्न सक्छ । नाम तथा दाम आर्जन गर्न सकिनेछ । उपहार पनि प्राप्त होला ।

सिंह

साथीहरूको भनाइमा विश्वास गर्दा थप आर्थिक संकट बेहोर्नुपर्ने सम्भावना छ । आर्थिक कारोबारबाट टाढा रहनु नै उचित हुन्छ । परिस्थिति पहिचान गरी गरिएको कार्यले उचित स्थान पाउनेछ । अवसरहरूको खोजीमा मेहनत गर्नुपर्ने हुनसक्छ । साताको अन्त्यमा उपहारसहित भेट्न आउनेहरूसँग सचेत रहनुहोला ।

कन्या

विपरीतलिङ्गीले मन पराएको प्रसङ्गले मन उत्साहित हुनेछ । सामाजिक तथा परोपकारी कार्यमा सहभागी भइनेछ । साथीहरूले समस्याको गाँठो फुकाउन सहयोग गर्नेछन् । रोजगारीको क्षेत्रमा अपेक्षा गरेजस्तै परिणाम हात पर्न सक्छ । भोजभतेर तथा मनोरञ्जनमा सहभागी हँुदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।

तुला

तपाईंको क्षमताले उचित स्थान प्राप्त गरी पदोन्नतीको ढोका खोल्नेछ । प्रेमिकाको सहयोग तथा उत्प्रेरणाले प्रतिस्पर्धामा सफलता दिलाउनेछ । विदेश भ्रमणको अवसर प्राप्त हुने सम्भावना छ । जोडी नम्बरको सवारी साधनले विशेष फाइदा पुर्‍याउन सक्छ ।

वृश्चिक

बोलीको प्रभावले बिग्रन लागेको सम्बन्धमा मल्हम लगाउन सहयोग गर्नेछ । आफन्तहरूले भित्रभित्रै आलोचना गर्न सक्छन् । होसियार हुनुमै आफ्नो कल्याण छ । हरियो रंगको प्रभावले सहजता महसुस गराउनेछ । यो साता इष्टमित्रको मांगलिक कार्यमा सहभागी भइनेछ ।

धनु

आध्यात्मिक चिन्तन एवं योग–ध्यानले मनका विकार कम गर्न सकिनेछ । कम बोल्दै अध्ययनमा ध्यान केन्द्रित गर्न सके सफलताको उचाइमा पुगिनेछ । अरूको भर परी हितैषीहरूको पछि लाग्दा भविष्य नै अलमलमा पर्न सक्छ । पहेंलो रंग तथा बिजोडी नम्बरको सवारी साधन चलाउँदा लाभ मिल्नेछ ।

मकर

शारीरिक सौन्दर्यमा जोड दिनाले खर्चको मात्रा वृद्धि हुनेछ । मित्रहरूको आलोचनालाई सकारात्मक रूपमा लिन सके उचाइमा पुगिनेछ । मंगलबार तथा गुरुबार महत्त्वपूर्ण कार्य सम्पन्न गर्नुहोला । खानपान एवं दैनिक जीवनचर्याले स्वास्थ्यमा उथलपुथल निम्त्याउन सक्छ, सचेतता अपनाउनु होला ।

कुम्भ

पेसा, व्यवसाय एवं स्थान परिवर्तन हुन सक्छ । नयाँ सवारी साधन खरिद गर्ने योजना केही समय पछाडि धकेलिन सक्छ । भावी योजना तर्जुमा गर्न समय खर्चनुपर्नेछ । साताको अन्त्यमा परिवारका सदस्यहरूसहित मांगलिक कार्यमा उपस्थिति भइनेछ ।

मीन

खर्च बढ्नाले आइतबारपछि आर्थिक अभावको सामना गर्नुपर्नेछ । रोकिएका काममा दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ । परिश्रमअनुसार राम्रै फल पाइनेछ । टाढाका साथीभाइसँगको सम्बन्धले लामो यात्रा गर्ने अवसर जुटाउन सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ।

 

More News last news
Loading...