काठमाडौँ । गुरुङहरुको भेषभुषा, इतिहास, संस्कार–संस्कृति, थातथालो सबै अरु जातिको भन्दा पृथक छ । केही फरक छ। जस्तै क्होलासोथरमा मामाभान्जा बीचमाकहाली लाग्दो घटना घटेको थियो । अरु जातिहरुमा मामाहरुको त्यति साह्रो महत्व हुदैन।
तर गुरुङहरुमा त मामा (आँस्यो) विना कुनै पनि कर्मकाण्ड अघि नबढ्ने हुन्छ। यति सम्म की आँस्यो विना स्वर्ग पनि पुगिदैन भन्ने विश्वास छ । गुरुङहरुमा यो विश्वास किन यतिका बलियो साथ स्थापित भयो ? यसको कारण क्होलासोंथरको घटना हो।
यदि यो संसारमा कोही कसैलाई क्होलासोंथरबारे भित्रीको भित्री कुरा थाहा छ भने त्यो केवल गुरुङहरुलाई नै थाहा छ । किनकी गुरुङहरुसंग त क्होंलासोंथरसंग सम्बन्धित आफनो छुटै शास्त्र पनि छ । जुन अरुसंग छैन हुन पनि सक्दैन।
यो क्होलासोंथरको शास्त्र गुरुङहरु मर्ने बेला पनि पढ्ने गरिन्छ । गुरुङहरुलाई मरेपछि क्होलासोंथरको बाटो हुदै स्वर्गतिर लाने गरिन्छ । मृत्यु संस्कारमा धेरै प्ये(शास्त्र)हरु पढिन्छन् । क्होलासोथर त केवल एउटा उदाहरण मात्र हो।
यस्ता धेरै ठाऊँहरु छन्, जहाँबाट गुरुङहरुले आफनो शास्त्र, सभ्यता, संस्कार–संस्कृतिको विकास गरेका छन् । जुन शास्त्र संस्कार अरुको भन्दा पृथक छ । किनकी हाम्रो जस्तो शास्त्र, संस्कृति अरुको छैन।
हेर्नुस् गुरुङ सस्कृतिमा आधारित अर्घौ विधिको एक झलक
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
