लन्डन । बेलायतले कामदारको न्यूनतम ज्याला वृद्धि गरेको छ। १ अप्रिलदेखि लागू हुने गरी ज्याला वृद्धि गरेको हो।
अब २५ बर्षमाथिका कामदारको न्यूनतम ज्याला प्रतिघण्टा ७ दशमलव ५० पेन्स बाट बढाएर ७ पाउन्ड ८३ पेन्स पुर्याइएको छ। जुन गत बर्षको तुलनामा ४ दशमलव ७ प्रतिशत वृद्धि हो।
यो घोषणाले पूर्णकालिन कामदारको बार्षिक आय करिब ६ सय पाउन्ड थपिने र कम्तीमा २० लाख कामदार लाभान्वित हुने अपेक्षा गरिएको छ।
१८ बर्ष उमेरका कामदारलाई ५ पाउन्ड ६० पेन्सबाट ५ पाउन्ड ९० पेन्स वृद्धि गरिएको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
