कतार । रोल्पामा जन्मिएर आम नेपालीको ढुकढुकीमा बस्न सफल लोक दोहोरी गायिका शान्ती श्री परियारलाई रोल्पा जलजला सेवा समाज कतार र प्यूठान सेवा समाज कतारले संयुक्त रुपमा सम्मान गरेका छन्।
कतारको नेपाली आगन रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी उक्त सम्मान प्रदान गरिएको हो। रोल्पा जलजला सेवा समाजका महासचिव देवराज पुनको संचालक र सो समाजका अध्यक्ष शिव बुढाथोकीको अध्यक्षतासुरु भएको उक्त सम्मान कार्यक्रममा रोल्पा जलजला सेवा समाजका सल्लाहकार संयोजक बसन्त थापा प्रमुख अतिथि रहेका थिए।

प्यूठान सेवा समाजका अध्यक्ष बलदेव राना सल्लाहकार कमल आचार्य जलजला सेवा समाजका सल्लाहकार गोपाल केसी र कार्यसमिति सदस्य राजु सुनारको बिशेष अतिथि रहेको उक्त कार्यक्रममा कतारमा रहेका प्यूठानी तथा रोल्पाली प्रवासीको सहभागीता रहेको थियो ।
प्यूठान सेवा समाजका महासचिव धर्म सिंह बिकले कार्यक्रममा स्वागत मन्तव्य राख्दै आफ्नो देशको कला संस्कृतिलाई जगेर्ना गरेर अघि बढ्न सुझाव दिएका थिए। बढ्न सुझाव तथा सफलताको शुभकामना दिएका थिए। खादा र मायाको चिनो ग्रहण गर्दै गायिका परियारले प्यूठान सेवा समाज र रोल्पा जलजला सेवा समाज कतारले गरेको सम्मान प्रति खुशी व्यक्त गरेकी थिइन्।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
