एजेन्सी । पेट दुखेर अस्पताल पुगेकी बालिकाको शल्यक्रिया गर्दा चिकित्सक अचम्मित बनेका छन्। उनको पेटबाट चिकित्सकले २ किलोग्राम कपालको गुच्छा निकाले।
फेब्रुवरी १४ मा ७ वर्षीया बालिकालाई अचानक पेट दुख्ने तथा वान्ता हुने समस्या देखिएको थियो। परिवारले उनलाई एक मेडिकलमा भर्ना गरे। चेकजाँच गर्दा युवती सिंड्रोमको समस्याबाट पीडित भएको पत्ता लाग्यो।
सिंड्रोमको समस्या देखिएपछि चिकित्सकले केही दिनअघि उनको शल्यक्रिया गराए। चिकित्सकले शल्यक्रिया मार्फत बालिकाको पेटबाट २ किलोग्राम कपाल निकालेका हुन्।

यो घटना भारतको कर्नाटकस्थित वेल्लोर क्षेत्रको हो। जस व्यक्तिमा सिंड्रोमको समस्या हुन्छ ती व्यक्तिले कपाल खाने वानी परेको हुन्छ। यस बारेमा जानकारी दिदै बालिकाको शल्यक्रिया गर्ने डाक्टर वी रवि गोपिनाथले भने, ‘बालिकाको चेकअप पछि बच्चाको पेट फुलेको थियो।
उनका परीवारले पनि पछिल्लो ६ महिनादेखि उनको पेट दुख्ने समस्या बढ्दै गएको बताए। खाना खाँदा वान्ता हुने समस्या बासिलकामा देखिएको थियो।’
उनले फेरी भने, ‘राम्रोसँग चेकअप गरेपछि बालिकाको आन्द्रामा कपालको गुच्छा फसेको देखियो। हामी निष्कर्षमा पुग्यौँ की बालिका रेपन्जल सिंड्रोमबाट पीडित छिन्। परीवारसँग सल्लाह गरेर हामीले बालिकाको शल्यक्रिया गरौँ र कपाल बाहिर निकाल्यौँ।’
उनका अनुसार यो विरामी एकदमै दुर्लभ र विश्वमा ४५ ५० मात्र हुने गरेको छ। शल्यक्रियापछि बालिकाको स्वास्थ्य सामान्य रहेको समाचारमा जनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
