कोलोराडो । नेपालीज स्टुडेन्ट एसोसिएसन, कोलोराडो युनिभर्सिटीले नेपाल नाइट २०१८ भव्य रूपमा सम्पन्न गरेको छ । करिब ४० जना नेपाली विद्यार्थीहरू अध्ययनरत भएको उक्त युनिभर्सिटीले गत ५-६ वर्ष देखि नेपाली कला र संस्कृतिलाई नेपाल नाइटको रूपमा प्रदर्शन गर्दै आइरहेको छ।
गत शनिवार सम्पन्न उक्त कार्यक्रममा बाक्लो दर्शकहरूको उपस्थिति थियो । नेपाली र अङ्रेजी भाषाको राष्ट्रिय गानबाट कार्यक्रमको थालनी गरेको कार्यक्रममा नेपाल सम्बन्धित ब्रितचित्रबाट आमेरिकन दर्शक तथा नेपाली समुदायलाई नेपालको सम्झना दिलाउन सफल प्रदर्शन गरिएको थियो।

जसमा आयुश्मा थापाले नेपालको बारेमा थप जानकारी दिएकी थिइन । साथै नेपाल सम्बधी जानकारीलाई गराउन नेपाल सम्बन्धी त्रिभिया खेलबाट मनोरञ्जन गरिएको थियो जसलाई कार्यक्रम सञ्चालक बेनी महतले सञ्चालन गरेका थिए भने शुभम सो खेलका बिजयता बनेका थिए।
विभिन्न चरणमा नेपाली विद्यार्थीहरूले आकर्षक निर्त्य बाट मनोरञ्जन दिएको उक्त कार्यक्रममा स्तुति पाण्डे ब्रिन्दन अधिकारी सुमित महर्जन र सुसन मगरको समूहले साङीतिक् प्रस्तुति गरेका थिए । बेनी महतको निर्देशन र लेखनमा पुनरमिलनको परिकल्पना आधारित रियुनियन २०२८ (सर्ट मुभी) पर्दशन गरिएको दर्शकद्वारा पनि निकै रूचाइएको थियो।

कार्यकममा यसै वर्ष ग्राजुएसन हुने विद्यार्थीहरूबाट आफ्नो परिचय दिएका थिए । नेपालीज स्टुडेन्ट एसोसिएसन ब्यान्डले आफ्नो साङीतिक् प्रस्तुति दिए पछि पाहुना गायक गायिकाहरूले वातावरण संगीतमय बनाएका थिए। सजन राज वैध, बिर्ताका राई, दिवस गुरुङ, पल्लभी जोशी, किस्मत श्रेष्ठ र ड्यानको गायनमा दर्शकहरू नाचेर साथ दिएका थिए।
बिआरटी नेपालको सहकार्यमा नयाँ पुस्ता डटकम
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
