अघि बढे नायक नवल खड्का, भारतीय सिमानामा काँडेतार अभियानले सार्थकता पाउँदै (भिडियो सहित)

चलचित्र निर्माता संघ नेपालको अध्यक्ष र नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्षसमेत रहेका खड्काले राष्ट्रिय चलचित्र नीति २०७१ निर्माणमा र बक्स अफिस कार्यान्वयनका लागि संघर्षरत एवं विदेशी चलचित्रलाई निरुत्साहित गर्न निरन्तर नेतृत्वदायी भूमिका खेलेका छन्।

उनले राष्ट्रियता, जनजिविका, ऐतिहासिक एवं जनयुद्ध सम्बन्धी विषयमा चलचित्रहरु निर्माण तथा अभिनय गरी नेपाली समाजका विकृतिहरुमाथि प्रहार गरेका छन्।

Advertisement

ऐतिहासिक विषयका भिमदत्त, दशगजा, क्रान्ति, आवाज लगायतका दर्जनौं चलचित्रहरुमा नायकको भूमिका निर्वाह गरिसकेका छन्। वामपन्थी आन्दोलनमा क्रियाशील खड्का भारतीय सिमामा काँडेतार अभियानको अभियन्ता, वागमती सफाइ महाअभियानका सुरुवाती अभियन्ताका साथै विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध रहेका छन्।

नेपाली चलचित्र उद्योगलाई राम्रोसँग बुझेका खड्का प्रदेशसभामा निर्वाचित हुँदा यस क्षेत्रको विकासमा सहयोग पुग्ने चलचित्र क्षेत्रसँग सम्बन्धितहरुले विश्वास गरेका छन्। महिला तथा जातीय विभेद, भ्रष्टाचार र सबैखाले बेथितिहरुलाई आफ्नो कर्ममार्फत विरोध गरिरहने उनको परिचय छ।

More News last news
Loading...