पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का चढेको गाडी दुर्घटना

सुर्खेत । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का चढेको गाडी दुर्घटनामा परेको छ ।

सुर्खेतको वीरेन्द्रनगरबाट सुर्खेतकै मसिना भन्ने ठाउँ जाने क्रममा खड्का चढेको बा १५ च ८३५४ नम्बरको गाडी भेरीगंगा नगरपालिका–२, सत्तरीमा दुर्घटना भएको हो।

Advertisement

गाडी भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुर्घटनामा सामान्य घाइते भएका नेता खड्का भने सामान्य उपचार पछि घर फर्किसक्नु भएको छ ।

दुर्घटनामा खड्काका अंगरक्षक प्रहरी सहायक निरीक्षक संजिव आचार्य घाइते हुनुभएको छ । उहाँको क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

More News last news
Loading...