मन्त्रालय घटाउने ओलीको सस्तो लोकप्रियता, पुनः थपे ३ मन्त्रालय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन मन्त्रालय थप गरेका छन् ।

यसअघि मन्त्रीपरिषदबाट प्रधानमन्त्री कार्यालय सहित १८ मन्त्रालय मात्र राख्ने निर्णय गराएका प्रधानमन्त्री ओलीले आज ३ वटा मन्त्रालय थप गरि मन्त्रालयको संख्या २१ पुर्याउने निर्णय गरेको हो । प्रधानमन्त्री ओली सत्तारुढ दल माओवादीसँगको छलफलपछि मन्त्रालयको संख्या थप गर्ने निर्णयमा पुगेको हो ।

Advertisement

यसअघि शिक्षा युवा तथा खेलकुद र विज्ञान प्रविधी एउटै मन्त्रालय रहेकोमा अब शिक्षा र विज्ञान तथा प्रविधी एउटा तथा युवा तथा खेलकुद मन्त्रालय बेग्लै बन्ने भएको छ । यस्तै, यसअघि एकै बनाइएका महिला बालबालिका तथा समाज कल्याण र श्रम मन्त्रालयबाट श्रम लाई अलग्गै बनाइने भएको छ ।

त्यस्तै सिंचाइ मन्त्रालय बेग्लै बनाइने भएको छ । संविधानमा मन्त्रीपरिषद २५ सदस्यीयसम्म बनाउन पाइने व्यवस्था छ । यसअघि मन्त्रीपरिषद प्रधानमन्त्रीसहित ७ सदस्यीय छ । प्रधानमन्त्री ओलीले शुक्रबार नै मन्त्रिपरिषद विस्तारको तयारी गरिएको छ ।

More News last news
Loading...