काडमाडौं । बर्खास्तमा परेका प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिनुभएको छ।
पराजुलीले बिहीबार राष्ट्रपति कार्यालय शितल निवास पुगेर राजीनामा दिनुभएको हो । उमेरहदको विवादमा परेका पराजुलीलाई बुधबार न्याय परिषदले बर्खास्त गरेको थियो।
न्याय परिषदसँग आफूलाई बर्खास्त गर्ने अधिकार नभएको भन्दै पद नछोड्ने अडान लिएका पराजुलीले बिहीबार बिहान राष्ट्रपति समक्ष राजीनामा बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
