काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएको छ।
न्याय परिषदले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई पदमुक्त गरेसँगै जोशीले कायममुकायमको जिम्मेवारी सम्हाल्नुभएको हो।
प्रधानन्यायाधीशको कुर्सीमा पराजुली कि दिपकराज जोशी भन्ने चर्चा हुँदै गर्दा सर्वोच्च अदालतको वेभसाइट सुप्रिमकोर्ट डट जीओभी डट एनपीमा दीपकराज जोशीलाई कायममुकायम प्रधानन्यायाधीशको रुपमा राखिएको छ । वेबसाइटमा पराजुलीको नाम हटाइएको छ।
यस्तै जोशीले बिहीबारको इजलास पनि तोक्नुभएको छ । न्यायपरिषदबाट बुधबार पदमुक्त भएका गोपालप्रसाद पराजुली भएपनि आफूले त्यो निर्णय नमान्ने पराजुलीले बताउँदै आउनुभएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
