सगून र हिन्दूस्तान टाइम्सबीच ५० लाख डलरको लगानी सम्झौता

वासिङ्टन डीसी । सोसिएल कमर्श प्लेटफर्म सगुनले भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सको भगिनी संस्था एचटी ओभरसिज प्रालि (एचटी सिंगापुर)सँग५० लाख डलरको लगानी सम्झौता गरेको घोषणा गरेको छ । एचटी ओभरसिज प्रालि भारतको पुरानो तथा ठूलोमध्येको एक सञ्चार कम्पनी एचटी मिडिया लिमिटेड (एचटी मिडिया)को पूर्ण स्वामित्वमा रहेको कम्पनी हो।

एचटी सिंगापुरसँगको सम्झौताले सगुनलाई करीब ४६ करोड भारतीय इन्टरनेट प्रयोगकर्तामाझ हिन्दुस्तान टाइम्सका विभिन्न सञ्चार माध्यम मार्फत सहज पहुँच हुनेछ । सगुनको प्रारम्भिक चरणको लक्षित दक्षिण एसियाली बजारको एक हिस्साको रूपमा रहेको भारतीय बजारमा पहुँच कायम राख्न यो सम्झौताले सहयोग पुग्ने विश्वास सगुनको छ।

Advertisement

एचटी मिडियाको स्वामित्वमा रहेका प्रकाशनहरूमा अंग्रेजी माध्यमबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्स तथा मिन्ट तथा हिन्दीमा प्रकाशित हुने हिन्दुस्तान छन् भने अन्य डिजिटल माध्यमहरू तथा एफएम स्टेशन पनि रहेका छन्।

सगुनले आफ्नो नविन प्रयोग अन्तर्गत सोसल स्मार्ट कार्डको विकासलाई निरन्तरता दिँदै सन् २०१८ को अन्त्यसम्म बजारमा सुरु गर्ने लक्ष्य लिएको छ। यस कार्डको सहयोगले बजारमा सामान किन्दा पैसा कमाउन मद्दत गर्दछ, कुपन देखाएर छुट पाउन सकिन्छ तथा आफ्ना प्रियजनहरूलाई उपहार पनि दिन सकिन्छ।

सगुनले यसै बर्ष आइओएस् एप जारी गर्नको लागि समेत काम गरिरहेको छ । ३ सय अर्ब डलरको सोसल कमर्स बजारमा सोसल स्मार्ट कार्ड र आइओएस् एपले आमूल परिवर्तन ल्याउन सक्ने सगुनको विश्वास छ।

सगुनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गोविन्द गिरीले भने, ‘हामी एचटी सिंगापुरजस्तो प्रभावशाली साझेदारसँग सम्झौता गर्न पाउँदा एकदमै खुसी छौं। हिन्दुस्तान टाइम्सको प्रभावले हामीलाई संसारको दोस्रो धेरै इन्टरनेट प्रयोगकर्ताहरू रहेको भारतका अझ बढी प्रयोगकर्ताहरूसम्म पुग्नको लागि मद्दत गर्नेछ।’

सगुनले यस वर्षकै जनवरीमा सफलरूपमा एन्ड्रोइड मोबाइल एपको सुरुवात गरेपछिको चरणमा यस सम्झौता भएको छ । दुई महिनामा नै सगुनको एन्ड्रोइड एप ५ लाख ८० हजारभन्दा बढीपटक डाउनलोड भइसकेको छ।

एन्ड्रोइड प्रयोगकर्ता तथा वेबको प्लेटफर्मका प्रयोगकर्ता समेत गरेर सगुनका कुल १६ लाख प्रयोगकर्ताहरू भइसकेका छन्। अहिले उपलब्ध सामाजिक सञ्जालमा भन्दा भन्दा राम्रो अनुभव खोजिरहेकाअन्य सामाजिक सञ्जालका २ अर्ब ८० करोड प्रयोगकर्ताहरू मध्येबाट सगुनप्रयोगकर्ताहरूको हिस्सा बढिरहेको छ।

‘हाम्रो लगानी सगुनले बनाएको उत्कृष्ट सेवा तथा संसारभरका प्रयोगकर्ताहरूलाई प्रदान गरिरहेको राम्रो सामाजिक सञ्जाल प्रयोगको अनुभवको प्रमाण हो । आम मानिसले सामाजिक सञ्जाल मार्फत् कनेक्ट, शेयर, तथा अर्न गर्ने शैली परिवर्तन गर्न सक्ने क्षमता सगुनमा छ भनी हामीविश्वास गर्छौं र यस यात्राको एक साझेदार हुन पाएकोमा हामी उत्साहित छौं,’ हिन्दुस्तान टाइम्सका लगानी टीमका प्रमुख अतिभ चड्डाले भने ।

सगुनले अमेरिकी सामाजिक सञ्जालकोजगतमा रहेको एउटा कमजोरीलाई समाधान गरेको छ, त्यो भनेको उनीहरू इकमर्शको लागि बनाइएका होइनन् । बिक्रीकर्ता तथा खरिदकर्ताबीच किनबेच गर्न प्रतिबन्ध लगाइएको छ र प्रयोगकर्ताहरूले आम्दानीको प्रत्यक्ष स्रोत बन्दा पनि कुनै आर्थिक लाभ पाउँदैनन् । यसले गर्दा उपहारको रूपमा दिइनेकार्ड, कुपनमा दिइने सुविधा तथा छुटहरूलाई सामाजिक सञ्जालमा उपलब्ध गराउने अवसर गुमिरहेको छ

सगुनले रेगुलेशन ए+ अन्तर्गत ग श्रेणीका सामान्य शेयरहरू २३ अमेरिकी डलरको दरमा कम्तीमा एक हजार लगानी गर्नुपर्ने गरी निश्कासन गरेको थियो । शेयर निष्कासनपछि सगुनले सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई कनेक्ट, शेयर, तथा अर्न गर्ने यसको सपनासँग सहमत ३ हजार भन्दा बढी लगानीकर्ताबाट करीब ३४ लाख डलर लगानी उठाएको छ । कम्पनीले सन् २०१६ को शुरुवाती चरणमा १४ लाख डलर लगानी निजी स्तरमा उठाएको थियो ।

रेगुलेशन ए+मार्फत् हुन् शेयर निष्कासनले शेयर कारोबार गर्ने प्रमाणपत्र नपाएका आम नागरिकलाई कम्पनीको शेयर किन्ने अवसर प्रदान गर्छ । कम्पनीले हालसम्म पनि सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट लगानी उठाइरहेको छ । शेयर निष्कासन सम्बन्धी जानकारी सगुनको वेबसाइट www.sagoon.com/invest मा हेर्न सकिन्छ ।

सगुनको बारेमा

सगुन शुरुवाती चरणमा रहेको सोसल कमर्स प्लेटफर्म हो जसको उद्देश्य सामाजिक सञ्जाल चलाउने प्रयोगकर्ताहरूलाई पैसा कमाउने अवसर प्रदान गर्ने हो । ‘सगुन’ भन्ने शब्दको मूल संस्कृतको ‘सकुना’ शब्द हो जसको अर्थ शुभ अवसर तथा राम्रो भाग्य भन्ने हो । सगुन सन् २००९ मा सर्च इन्जिनको रूपमा सुरु गरिएको सेवा हो र सन् २०१४ मा सोसल कमर्स प्लेटफर्मकोरूपमा प्रयोगकर्ताहरूलाई कनेक्ट, शेयर, तथा अर्न गर्न मद्दत गर्ने उद्देश्यका साथ पुनर्विकसित गरिएको थियो ।

More News last news
Loading...