करिब २ हजार बर्ष पहिलेका भिरमा अड्किएका कलात्मक मन्दिर, जस्ले दिन्छ संसारलाई चुनौती …

एजेन्सी । करीब २ हजार वर्ष लगाएर बनाइएको (ग्रेट वाल) देखेरै थाहा हुन्छ चिनियाँहरु प्रचीन कालदेखि नै मेहनती थिए। चिनियाँ को मेहनतले बनेको एक प्राचीन मन्दिरले संसारलाई चकित पारेको छ।

चीनको सान्सी प्रान्तमा रहेको एउटा पाइला राख्ने ठाउँ समेत नभएको भीरमा टाँसेर बनाइएको यो मन्दिर हावामा झुण्डिएको जस्तो देखिन्छ।

Advertisement

मन्दिरलाई १५ सय वर्ष पुरानो मानिन्छ । बौद्ध, ताओ र कन्फुसियस धर्ममा आधारित वास्तुकलाको मिश्रणमा बनाइएको यो मन्दिर संसारभरका पर्यटकको आकर्षण बन्दै आएको छ।

यस मन्दिर क्षेत्रमा ४० भन्दा बढी भवन र मण्डप रहेको छ। थुप्रै प्राकृतिक बाधा, अवरोध झेलेर पनि आजसम्म जस्ताको तस्तै खडा रहेको देखेर यहाँ पुग्ने जो कोही आश्चर्यमा पर्ने गर्छन्।

विषेश प्रकारको बलियो र लचिलो काठबाट बनाइएकाले यो यति बलियो रहेको जानकारहरु बताउँछन। हालसम्म यसले कयौं शक्तिशाली भूकम्प झेलिसेको छ। एजेन्सी

More News last news
Loading...