ओमानमा विदेशी कामदारले १० क्षेत्रमा काम गर्न नपाउने

काठमाडौं । ओमनमा विदेशी कामदारहरूले १० वटा क्षेत्रमा काम गर्न नपाउने भएका छन् । ओमन सरकारले १० वटा क्षेत्रका ८७ वटा पदमा विदेशी कामदार भर्तीमा अस्थायी रोक लगाएपछि १० वटा क्षेत्रमा विदेशी कामदारले काम गर्न नपाउने भएका हुन्।

सूचना र प्रविधि, लेखा तथा व्यवस्थापन, बजार व्यवस्थापन, प्रशासन र मानव संसाधन, बीमा, सूचना र मिडिया, चिकित्सा क्षेत्र, एयरपोर्ट, इन्जिनियरिङ र प्राविधिक क्षेत्रमा विदेशी कामदार भर्तीमा ६ महिना रोक लगाएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

Advertisement

ओमानको मिनिस्ट्री अफ म्यानपावरले यी क्षेत्रमा तत्काललाई विदेशी कामदार भर्तीमा रोक लगाउन निर्देशन दिएको टाइम्स अफ ओमानले जनाएको छ ।निजी क्षेत्रका कम्पनीले विदेशी कामदारको सट्टा ओमानी नागरिकलाई नै प्राथमिकता दिउन भन्ने उद्देश्यले यस्तो नियम ल्याइएको ओमान इन्भेष्टमेन्ट फण्डले जनाएको छ।

More News last news
Loading...