काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सम्पन्न भएको छ ।
काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान १० बजेदेखि शुरु भएको मतदान भर्खरै सम्पन्न भएको हो । दलको नेताका लागि २ प्रतिस्पर्धीले मतदान गरेका छन् ।
दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री तथा पूर्व उपनेता प्रकाशमान सिंह चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिकतर्फका ४० गरी ६३ जना सांसद छन् ।
मतदानमा ६३ जनाले नै मतदान गरेका छन् । मतदान सकिएसँगैं मतगणना शुरु गर्ने तयारी गरिएको छ ।
आजै काँग्रेसले २ः३० बजे संसदीय दलको वैठक पनि बोलाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
