बार्सिलोना खस्किएसँगै ला लिगाले पायो नयाँ जीवन

काठमाडौं । केही हप्ता अगाडिसम्म कसैले भेट्टाउन नसक्ने ठाउँमा देखिएको टिम बार्सिलोना अहिले एकाएक खस्किएको छ।

पछिल्ला म्याचहरुमा उनीहरुको कमजोर प्रदर्शनका कारण निकटतम प्रतिस्पर्धी एट्लेटिको मड्रिडसँगको अन्तराल आधा कटौती भएको छ।

Advertisement

अहिले बार्सिलोना र एट्लेटिको मड्रिडबीच ५ अंकको अन्तराल बाँकी छ। यसका अतिरिक्त, डियगो सिमेओनको टोली क्याम्प नोउको अर्को भ्रमणकर्ता हो, जहाँ आइतबार उनीहरु आउनेछन्।

केही दिनअगाडि मात्रै यो दौड लगभग टुंगोमा पुगेको ठानिएको थियो, तर अहिले यसले नयाँ जीवन पाएको छ ।

एर्नेस्टो भार्भेडेका खेलाडीहरु टिमलाई अब ‘हट फेभरेट’ मान्न सकिँदैन किनकी यसले आफ्नो केही धार गुमाइसकेको छ । २१ वटा म्याचपछि उनीहरु ५७ अंकमा थिए, जुन एथ्लेटिकोको भन्दा ११ बढी हो । तर, त्यसयता उनीहरुले केवल दुईवटा म्याच जिते र तीन वटा म्याच बराबरी खेले ।

क्याटालन क्लबले गिरोनालाई धुलो चटायो र एइबारलाई पनि परास्त गर्‍यो तर, इस्पानियोल, गेटाफे र लास पाल्माससित अंक बाँड्न बाध्य भयो । साथै च्याम्पियन्स लिगमा चेल्सीसँग पनि १-१ को बराबरी खेल्यो ।

सिजनको अत्यन्त महत्वपूर्ण समयमा अंक तालिकाको माथिल्लो भागमा टिमहरुबीचको अन्तराल घटेको छ र एन्टोनी गि्रजम्यान उच्च फर्ममा रहेको अवस्थामा सप्ताहान्तको भिडन्तका लागि ठीक आधारभूमि तयार भएको छ ।

यदि उनले आफ्नो टिमलाई बार्सिलोनामा जित दिलाउन सफल भए शीर्षस्थानको दौड अझै खँदिलो हुन्छ । केवल २ अंकले बार्सिलोना अगाडि रहने छ। यसरी ला लिगामा रौनक र भावुकता फर्किएको छ।

More News last news
Loading...