काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
आज काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबार काठमाडौंमा एक सुचना प्रकाशित गर्दै कार्यतालिका सार्वजनिक गरिएको हो । प्रकाशित कार्यतालिका अनुसार फागुन २० गते ४ः३० बजे मतदाता नामावली प्रकाशन, ४ः३५ बजेदेखि ५ बजेसम्म मतदाता नामावली उपर दाबी बिरोध गर्ने, ५ः३० बजे मतदाताको दाबी बिरोधमा जाचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने, ६ बजेदेखि ६ः ३० बजेसम्म उम्मेद्वारको लागी दरखास्त दिने, साझँ ७ः४५ बजे उम्मेद्वारको प्रथम नामावली प्रकाशन, ७ः४५ देखि ८ बजेसम्म उम्मेद्वारको दरखास्त उपर दाबी बिरोध गर्ने लगायतका कार्यक्रम राखिएको छ ।
कार्यतालिकाका अनुसार दलको नेताका लागि दरखास्त साथ मनोनयन शुल्क रु ४१,००० तोकिएको छ । यस्तै दलको नेता चयनका लागि २०७४ फागुन २१ गते बिहान १० बजेदेखि १ बजेसम्म निर्वाचन हुने छ ।
निर्वाचन नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने प्रकाशित कार्यतालिकामा उल्लेख छ ।
दलको नेताका लागि सभापति शेरबहादुर देउवा र नेता पूर्वमहामन्त्री प्रकाशमान सिंह आकाक्षी देखिएका छन् । महामन्त्री शंशाक कोइरालाले भने सर्वसम्मत भए आफू बन्ने बताउँदै आएका छन् ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
