सेर साङबो शेर्पा/कोरिया । गैर आवासीय नेपाली संघले दक्षिण कोरा नेपाल हाउस ब्यवस्थित गर्न च्यारिटी डिनर कार्यक्रम आयोजना गर्ने भएको छ।
एन आर एन दक्षिण कोरियाद्वारा नेपालीहरुको होली पर्वको अवसरमा हाम्रो गौरव हाम्रो शान, नेपाल हाउस संरक्षण गर्ने हाम्रो अभियान भन्ने मूल नाराका साथ यही मार्च ३ तारिक बेलुका ‘च्यारिटी डिनर’ कार्यक्रम आयोजना गरिएको एन आर एन दक्षिण कोरियाका अध्यक्ष लक्ष्मी गुरूङले जानकारी दिएकी छन्।
कार्यक्रममा बिभिन्न कोरियन परिकारका साथ मनोरंजनात्मक प्रश्तुतीहरु रहने बताएकी हुन्।
उक्त कार्यक्रम सहभागी जनाई स्वच्छिक रुपमा आर्थिक सहयोग गर्न सकिने बताउँदै उक्त कार्यक्रमबाट सांकलित रकम नेपालीहरुको साझा घर नेपाल हाउस संचालनमा खर्च गर्ने उनले बताईन्।
एन आर एनद्वारा अयोजित रात्रीकालीन भोज कार्यक्रम सफल बनाउन कोरियामा क्रियाशील बिभिन्न संघ संस्था बुद्धिजिवी, ब्यापारी, विद्यार्थी, पत्रकार, लगायत सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु मा उपस्थितीको लागि एन आर एन दक्षिण कोरियाका अध्यक्ष लक्षमी गुरूङले हार्दिक आमन्त्रणा गरेकी छन्।
कार्यक्रम कोरियाको राजधानी दोङ्गदेमुन अवस्थित न्यू चौंजी होटलमा यही मार्च ३ तारिक साँझ ९:३० बजे देखि बिहानसम्म आयोजना हुने भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
