अब औपचारिक रूपमै १८ मन्त्रालय, कुन मन्त्रालय कहाँ गाभिए?  

काठमाडौँ । सरकारले कार्यविभाजन नियमावली संशोधन गरी ३१ वटा मन्त्रालयलाई गाभेर १८ वटा कायम गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सबै कार्यालयलाई पत्र पठाई सरकारको संशोधित कार्यविभाजन नियमावलीअनुसार १८ मन्त्रालय कायम भएको जानकारी गराउँदै त्यसैअनुरूप कामकारबाही अघि बढाउन निर्देश गरेको छ। कान्तिपुरमा खबर छ।

Advertisement

गाभिएर के बने मन्त्रालय ?

कृषि, पशुपक्षी, भूमिसुधार र सहकारी तथा गरिबी निवारण कृषि मन्त्रालय गाभेर भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाइयो।

उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयलाई गाभेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय बनाइयो।

शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदलाई गाभेर शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय बनाइयो।

श्रम तथा रोजगार र महिला, बालबालिका तथा समाजकल्याणलाई गाभेर श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय बनाइयो।

स्वास्थ्य र जनसंख्या तथा वातावरणको जनसंख्यालाई स्वास्थ्य तथा जनसंख्या बनाइयो।

वन र जनसंख्या तथा वातावरणकोलाई वातावरण वन तथा वातावरण मन्त्रालय बनाइयो।

सूचना तथा सञ्चार मन्त्रालय लाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय बनाइयो।

संघीय मामिला तथा स्थानीय विकास र सामान्य प्रशासनलाई गाभेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइयो।

ऊर्जा र सिंचाइलाई जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाइयो।

सहरी विकास र खानेपानीलाई खानेपानी तथा सहरी विकास मन्त्रालय बनाइयो।

 

 

More News last news
Loading...