स्याङ्जा । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. १ स्याङ्जाको क्षेत्रीय सभापतिमा डोलराज पोख्रेल (डी.आर.) निर्वाचितभएका छन्। क्षेत्रीय कार्यसमितिका पदाधिकारीको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै अहिले महाधिवेशन प्रतिनिधि पदका उम्मेदवारहरूको मतगणना जारी छ।
अन्तिम मतपरिणामअनुसार सभापति पदमा पोख्रेलले ८ सय ३० मत प्राप्त गर्दा रामचन्द्र रेग्मीले ५ सय ८८ मत पाए। पोख्रेल २ सय ४२ मतकोअन्तरले निर्वाचित भएका हुन्। सचिव पदमा महादेव श्रेष्ठ ७ सय ३९ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी बालकुमार गुरुङले ६ सय ४० मत प्राप्त गरे। त्यस्तै, सह–सचिव पदमा अनुप भण्डारीले ६ सय ८२ मत प्राप्त गरेका छन् भने गोविन्द भण्डारीले ६ सय ७४ मत पाए। सह–सचिवतर्फ अनुप भण्डारी ८ मतले अगाडि रहेका छन्।
क्षेत्रीय कार्यसमितिको मतगणना सकिएसँगै अहिले महाधिवेशन प्रतिनिधि चयनका लागि भएको मतदानको मतगणना भइरहेको छ। महाधिवेशन प्रतिनिधिको मतपरिणाम सार्वजनिक हुन बाँकी रहेकाले स्याङ्जा क्षेत्र नं. १ को अधिवेशनको थप परिणामका लागि मतगणनातर्फ ध्यान केन्द्रित भएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत देशभर प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
