देवेन्द्र केसी प्रदेश अधिवेशन प्रतिनिधिमा निर्विरोध

 

पोखरा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं ३ ‘ख’ बाट देवेन्द्र केसी प्रदेश अधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन् । केसी श्रमिक तर्फबाट प्रदेश अधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन् । यसअघि पनिप्रदेश अधिवेशन प्रतिनिधिको जिम्मेवारी सम्हालिसकेका केसीलाई यसपटक पुनः प्रतिनिधिका रूपमा निरन्तरता दिइएको हो।

राजनीतिसँगै व्यवसायमा सक्रिय केसी कांग्रेसभित्र युवा व्यवसायीका रूपमा परिचित छन् । कास्की क्षेत्र नं ३ मा पार्टीका संगठनात्मक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका उनले संगठन विस्तार तथा पार्टी गतिविधिमा आफ्नो भूमिका बढाउँदै आएका छन् । १५औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत कांग्रेसमा वडा, पालिका हुँदै प्रदेश तथा क्षेत्रीय तहका अधिवेशनहरू अघि बढिरहेका छन् । यही क्रममा कास्की क्षेत्र नं। ३ ‘ख’ बाट श्रमिकतर्फ केसीको निर्विरोध चयन भएको हो ।

Advertisement

श्रमिकतर्फबाट पुनः प्रतिनिधित्व सुनिश्चित भएसँगै केसीको चयनलाई पार्टी संगठनमा श्रमिक समुदायसँगै युवा व्यवसायीको सहभागिताको निरन्तरताका रूपमा हेरिएको छ ।

More News last news
Loading...