पशुपतिका घाटे वैद्य सुवर्ण वैधको निधन

काठमाडौं ।  पशुपति आर्यघाट सेवा केन्द्रका आयुर्वेदिक चिकित्सक सुवर्ण वैधको निधन भएको छ । गत मङ्गलवार त्रिशूल जात्रा सहभागी भएर फर्कने क्रममा दुर्घटनामा पर्नुभएका वैद्यको आइतबार राति उपचारकै क्रममा निधन भएको हो ।

आइतबार नै उहाँको अन्तिम दाहसंस्कार गरिएको हो । वि.स. २००६ साल असार १५ गते जन्मनुभएका वैद्यको उपचारको क्रममा ७६ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

Advertisement

उहाँले बिरामी भएर अन्तिम अवस्थामा पशुपति पुर्याइएका बिरामीलाई आयुर्वेदिक औषधि खुवाएर उपचार गर्नुहुन्थ्यो, थुप्रै  बिरामीले उहाँको उपचार पाएर नयाँ जीवन पनि पाउनुभएको छ ।  काठमाडौँ महानगरपालिका वडा ८ को उहाँ ४६ र ६३ सालमा वडा अध्यक्ष समेत हुनुभयो ।

उहाँको निधनको शोकमा आइतबार वडाभरमा सार्वजनिक बिदा पनि दिइएको थियो भने  श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीरलाई वडाको प्राङ्गणमा राखिएको थियो ।

 

More News last news
Loading...