काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सरकारी वा सरकारी स्वमित्वमा रहेको कार्यालयमा रोजगारी भएका विद्यार्थी उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ । स्ववियु निर्वाचनको इतिहासमा त्रिविले गरेको यो निर्णय पहिलोपटक हो । त्रिभुवन विश्वविद्यालयले बिहीबार स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०८१ जारी गरी सो व्यवस्था गरेको हो ।
निर्देशिकाको दफा ६ को उपदफा ६ मा सरकारी निकाय तथा संस्थानमा स्थायी तथा करारमा कार्यरत विद्यार्थी स्ववियु निर्वाचनमा उम्मेदवार हुन बन्देज लगाएको हो । निर्देशिकामा २१ दिनअघि निर्वाचन तालिका सार्वजनिक गर्ने उल्लेख छ । निर्देशिकामा स्ववियु कार्यसमितिको संख्या तय गरेको छ ।
जसअनुसार २ सय जनासम्म विद्यार्थी भएमा ५ सदस्यीय, २०१ देखि एक हजारसम्म भएमा ७, १ हजार १ देखि ३ हजारसम्म ९, ३ हजार १ देखि ५ हजारसम्म ११ र ५ हजारदेखि माथि १३ सदस्यीय कार्य समिति हुने छ । निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष र ३ जना सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् । भने ५ जना समानुपातिक सदस्यहरूबाट उपाध्यक्ष १,सहायक सचिव र ३ जना सदस्य चुनिने व्यवस्था छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
