महानगरले खोस्यो काठमाडौँ भ्यूटावरको नक्सा, अब के हुन्छ ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ भ्यूटावरको नक्सा पास निष्क्रिय गरेको छ । आइतबार एक सूचना जारी गर्दै महानगरले काठमाडौँ भ्यूटावरको नक्सा पासको सम्बन्धमा छानबिन समितिको प्रतिवेदन प्राप्त भएर निर्णय नभएसम्मका लागि भवनको नक्सा पास निष्क्रिय रहेको जनाएको हो ।

सूचनामा भनिएको छ, ‘काठमाडौँ महानगरपालिका कार्यालय र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा. लि. बिच मिति २०७१।११।२२ मा काठमाडौँ महानगरपालिका वडा नं. २८ पुरानो बसपार्कमा काठमाडौँ भ्यूटावर निर्माणका लागि सम्झौता भएको र उक्त प्रा.लि.बाट निर्माण हुँदै गरेको काठमाडौँ भ्यूटावर भवनको नक्सा पासको सम्बन्धमा छानबिन समिति गठन भई छानविनको कार्य भइरहेको हुँदा छानबिन समितिको प्रतिवेदन प्राप्त भई कार्यालयबाट निर्णय नभएसम्मको लागि उक्त भवनको नक्सा पास निष्क्रिय रहेको ब्यहोरा सरोकारवालाको जानकारीको लागि सूचित गरिन्छ ।’

Advertisement

यसअघि महानगरले पुरानो बसपार्कमा निर्माणाधीन अवस्थामा रहेको भ्यूटावरसँग जोडिएपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि कारबाही सिफारिस गरेको थियो ।

More News last news
Loading...