काठमाडौँ । काठमाडौँको कालिमाटीमा महिलाको शव बोकेर हिँडेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भएका २२ वर्षीय कविन्द्र बोहरा छन् । कालिमाटीको संगितमार्गमा मंसिर ७ मा उदयपुर घर भएकी ४५ वर्षीय जानुका सुर्खेतीको शव भेटिएको थियो ।
युवक लागु औषध सेवनकर्ता हुन् । उनले शव बोकेर फालेको स्वीकार गरेका छन् । आरोपी विरुद्ध ज्यानसम्बन्धी कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी भट्टराईले जानकारी दिए । मृतक आफूखुसी सडकमा बस्दै आएकी थिइन् । मृतकको सुरुवाल खुला रहेको हुनाले युवकले बलात्कारपछि हत्या गरेको आशंका गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)