काठमाडौं । ठमेल पर्यटन विकास परिषदको सल्लाहाकार समितिमा डा. रामशरण थपलिया मनोनित भएका छन् । परिषदको पूर्व अध्यक्ष समेत रहेका थपलियाको संयोजकत्वमा तीन सदस्यलाई मनोनित भएका हुन् ।
बुधबार आयोजित एक समारोहबीच परिषदको प्रमुख सल्लाहकारमा डा. थपलिया, सल्लाहकारको रुपमा परिषदकी पूर्वउपाध्यक्ष गीता गुरुङ र कमल भण्डारीलाई बधाई तथा शुभकामनासहित औपचारिक रुपमा प्रमाणपत्र प्रदान गरिएको हो ।
गत साउन ७ गते सम्पन्न परिषदको बैठकले विगत लामो समयदेखि पर्यटकीय नगरी ठमेल क्षेत्रको वृद्धिविकास सँगसँगै सिंगो मुलुककै पर्यटन क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थपलियालाई प्रमुख सल्लाहकार र पर्यटन क्षेत्रको विकासमा योगदान गर्दै आएका गुरुङ र भण्डारीलाई सल्लाहकारको रुपमा मनोनित गर्ने निर्णय गरेको थियो ।
परिषदको विधान २०४७ (पाचौं संशोधन २०७२ सहित) को दफा १६ अनुसार प्रमुख सल्लाहकार र सल्लाहकार मनोनित गरिएको परिषदका अध्यक्ष ध्रुव अधिकारीले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
