काठमाडौँ । क्रियाशील पत्रकार महिला (WWJ) को अध्यक्षमा रामकला खड्का चयन भएकी छन्। काठमाडौँमा आज (शनिबार) सम्पन्न डब्लुडब्लुजेको १२औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट खड्काको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।
समितिको उपाध्यक्षमा चन्दा विष्ट, महासचिवमा रमिताकुमारी लामा, सचिवमा रुक्मिणी पोखरेल र कोषाध्यक्षमा दिपा आले चयन भएकी छन्। यस्तै विशेष सदस्यमा संगीता लामा तथा सदस्यहरूमा सोनी शर्मा, शोभा मानन्धर, सीता विके, रुपा खड्का, लक्ष्मी बस्नेत र अमिका राजथला चयन भएका छन्।
एक जना सदस्य पछि मनोनीत गर्ने जनाइएको छ । साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी छन् । समारोहमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, नेपाल पत्रकार महासङ्घका प्रतिनिधि सृजना अर्याल, वरिष्ठ पत्रकार बबिता बस्नेत, निर्मला शर्मा विमला तुम्खेवा लगायत उपस्थित रहेकाे थियाे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)