एनआरएनए स्पेनको अध्यक्षमा पेशल कोइराला निर्विरोध निर्वाचित

काठमाडौं । एनआरएन स्पेनको अध्यक्षमा पेशल कोइराला निर्वाचित भएका छन्। अध्यक्षमा अन्य कसैको उम्मेवारी नपरेपछि कोइराला निर्विरोध निर्वाचित भएका हुन्। आइतबार भएको मनोनयन दर्तामा अध्यक्ष पदको लागि कोइरालाको मात्रै उम्मेवारी परेकाे थियो।

अध्यक्षसँगै अन्य पदाधिकारीसमेत निर्विरोध निर्वाचित भएको छ। आईसीसी सदस्यमा यज्ञनारायण पौडेल, वरिष्ठ उपाध्यक्ष रोशन पाठक, उपाध्यक्ष खुल्लामा नारायण भट्टराई उपाध्यक्ष खुल्लामा रामप्रसाद दाहाल, उपाध्यक्ष महिला कमला बराल, उपाध्यक्ष क्षेत्रमा सुरेन्द्र भुजेल थापा निर्विरोध भएका छन्।

Advertisement

यसैगरी महासचिवमा सुन्दर रानाभाट, उपमहासचिव केशवराज कँडेल सविच खुल्ला नविन घिमिरे र राजेन्द्रप्रसाद काफ्ले निर्विरोध भएका छन्। आइतबार मनोनयन दर्ता थियो। अध्यक्षमा कोइरालको मात्रै मनोनयन दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

अध्यक्षमा निर्वाचित भएपछि कोइरालाले स्पेनमा आएर बसोबास गर्ने नेपालीको साझा संस्थाको रुपमा नेपाल घर बनाउने योजना सुनाए। उनले स्पेनमा रहेका नेपालीको समस्या समाधान गर्ने र सीम मुलक तालिमको आयोजना गर्ने साथै नेपालको पर्यटन प्रवद्र्धनका लागि काम गर्ने उल्लेख गरे।

More News last news
Loading...