काठमाडौँ । अभिनेत्री वर्षा राउत र अभिनेता संजोक कोइरालाबीचको सम्बन्धमा फेरि दरार आएको समाचार सार्वजनिक भएको छ। अभिनेत्री वर्षाले सामाजिक सञ्जालमा लगातार एकपछि अर्को स्टाट्स लेख्दै सम्झौता धेरै भएको र आफू थाकिसकेको उल्लेख गरेकी छिन्।
उनको स्टाट्सले उनीहरुको सम्बन्धमा दरार आएको धेरैको अनुमान छ। वर्षाले इन्स्टा स्टोरीमा एकैपटक चारवटा पोस्ट गरेकी थिइन् । पहिलो पोस्टमा उनले लेखेकी छन्, ‘म ती मानिसहरुको वरिपरि रहँदा थाकिसकें, जसले इमानदारिता र वफादारिताको अवधारणा बुझ्दैनन्।’
दोस्रो पोस्टमा उनले कालो ब्याकग्राउन्ड प्रयोग गरेकी छन्। त्यसमा लेखेकी छन्, ‘अब समाजभन्दा आफ्नो मानसिक शान्ति रोज्दैछु । सम्झौता धेरै भयो ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
