काठमाडौँ । कलाकार रियाशा दाहालले यही वैशाखमा विवाह गर्न लागेकी छिन्। उनले रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग विवाह गर्ने भएकी हुन्। उनीहरूले लामो समयदेखिको प्रेम विवाहमा परिणत गर्न लागेका हुन्।
रियाशा र भिक्टरबीच यही २२ वैशाखमा विवाह हुने लागेको रियाशा निकट श्रोतले बताएको छ। रियाशा र भिक्टर करिब तीन वर्षदेखि प्रेममा छन्।
रियाशा युट्यूवमा प्रशारण हुने भिडियो सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी हुन्। उनी पछिल्लो समय ‘गाह्रो छ हो’ अभिनयमा ब्यस्त छिन्।
भिक्टर चाहीँ चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन्। ३६ लाख बढी लाइक भएको पेज युवा पुस्तामाझ निकै लोकप्रिय छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
