गायक प्रकाश सपुतको सकम्बरीले गर्यो कैयौँ रेकर्ड ब्रेक, विवादमा पनि रच्यो इतिहाँस

गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ले सात दिनमै एक करोडभन्दा बढी पटक हेरिने नेपाली गीतको युट्युब रेकर्ड राखेको छ । सकम्बरीलाई यो भिडियो तयार पार्दासम्म एक करोड भन्दा धेरै पटक हेरिएको छ । चर्चा र विवादका कारण यो गीतको भ्युज ह्वात्तै बढेको हो ।

यसअघि कुनै पनि नेपाली गीतले सात दिनभित्र यो उपलब्धि पाउन सकेका थिएनन् । रोचक कुरा के छ भने सपुतको यो गीत रिलिज भएकै दिनदेखि युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा रहँदै आएको छ । ट्रेन्ड हेर्दा यो गीतको भ्युज अझै अघि बढ्ने देखिएको छ । टिकटकमा भाइरल बन्नु र सामाजिक सञ्जालमा यसबारे पक्ष र विपक्षमा तिब्र बहस हुनुले गीतमा दर्शकको चासो देखिएको हो ।

Advertisement

More News last news
Loading...