प्रचण्डको नाममा कारण देखाउ आदेश जारी (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र यसबारेमा लिखित जवाफ पेश गर्न प्रचण्डको नाममा आदेश जारी गरेको हो। निवेदकको माग बमोजिम सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरेको छ।

Advertisement

आजको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, दिनेश त्रिपाठी, बालकृष्ण न्यौपाने, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइँटेल ध्रवलाल श्रेष्ठले बहस गरेका थिए।

अधिवक्ताद्धय ज्ञानेन्द्र आरन र कल्यान बुढाथोकीलगायत जनयुद्ध पीडित परिवारले प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।

 

More News last news
Loading...