बेलायतमा ७२ प्रतिशतले बढ्यो नेपाली भाषीको संख्या

लन्डन l बेलायतमा नेपालीहरूको जनसंख्या ७२ प्रतिशतले बढेको पाइएको छ। बेलायतको दुई प्रमुख राज्य इंग्ल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्यासनल स्टाटिटिक्स (ओएनएस) ले मंगलबार सार्वजनिक गरेको जातीयतासम्बन्धी तथ्याङ्कलाई आधार मान्दै बेलायतस्थित सेन्टर फर नेपाल स्टडिज (सीएनएस) यूकेले गरेको विश्लेषणमा सो तथ्य पाइएको हो।

सीएनएस यूकेका प्रमुख कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालले शुक्रबार जारी गरेको विज्ञप्तिमा इङल्यान्ड र वेल्सको जनगणनामा जातीयता नेपाली (गोर्खा समेत) उल्लेख गर्नेहरूको संख्या १ लाख ३ हजार ८७५ पुगेको छ।

Advertisement

यसअघि सन् २०११ को जनगणनामा इङल्यान्ड र वेल्समा जातीयता ‘नेपाली’ बताउने नेपालीहरूको संख्या ६० हजार २०२ मात्र थियो। एक दशकमा त्यो संख्या ७२.५५ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ।

नेपाली भाषा बोल्नेको संख्या ७४ हजार

यसैगरी, इंग्ल्यान्डमा वेल्समा नेपाली भाषा मूल भाषा हुनेहरूको संख्या करिब ४१ प्रतिशतले वृद्धि भएको छ । सन् २०२१ को जनगणनाअनुसार नेपाली भाषा बक्ताको संख्या ७४ हजार ३६८ पुगेको छ।

सन् २०११ मा सो संख्या ५२ हजार ७८५ मात्र थियो। नेपाली भाषा इङल्यान्ड र वेल्समा २१औँ स्थानमा परेको छ। गत जनगणनामा पनि नेपाली भाषा सोही स्थानमा रहेको थियो ।

More News last news
Loading...