समानुपातिकमा १० लाख कट्यो एमालेको मत, कुन दलको प्राप्त मत कति ?

काठमाडौं । प्रतिनिधिसभा तर्फको समानुपातिक तर्फको जारी मतगणनामा नेकपा एमालेले १० लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको हो ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले ९ लाख ७० हजार ८७७ मत पाएको छ भने तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४ लाख ८४ हजार ८८६ मत पाएको छ ।

Advertisement

नेकपा माओवादी केन्द्रले ४ लाख ४६ हजार ५९४ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार १२० मत ल्याएको छ ।

जनता समाजवादी पार्टीले १ लाख २९ हजार १५७, जनमत पार्टीले ७७ हजार २५९ र नेकपा एकीकृत समाजवादी पार्टीको ७१ हजार ६६७ मत रहेको छ ।

More News last news
Loading...