कास्की–३ बाट एमालेका दामोदर पौडेल निर्वाचित

कास्की । कास्की निर्वाचन क्षेत्र–३ बाट नेकपा एमालेका उम्‍मेदवार दामोदर पौडेल बैरागी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन्।

पौडेलले निकटतम प्रतिस्पर्धी सत्ता सठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्‍मेदवार रामजी बराललाई ५ हजार ४४५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।

Advertisement

पौडेलले २२ हजार ९८० मत पाउँदा बरालले १७ हजार ५३५ मत ल्‍याए। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार योगराज पौडेलले १२ हजार १८० मत ल्याए।

More News last news
Loading...