समानुपातिकको प्रारम्भिक नतिजा, रास्वपा भन्दा पनि पछि पर्यो माओवादी

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना जारी रहेकाबेला देशभरका मतगणनास्थलमा समानुपातिक प्रणालीतर्फको मतगणना पनि सुरु भएको छ ।

सोमबार बेलुकी साढे ७ बजेसम्म देशभर २१ हजार समानूपातिक मत गणना भएको निर्वाचन आयोगले जनाएको छ ।

Advertisement

आयोगका अनुसार, नेपाली कांग्रेस करिव ३० प्रतिशत मत ल्याएर सबैभन्दा अगाडि, २५ प्रतिशतको हाराहारीमा मत ल्याएर एमाले दोस्रो स्थानमा देखिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले करिब १८ प्रतिशत र माओवादी केन्द्रले १० प्रतिशत हाराहारीमा मत पाएका छन् ।

 

More News last news
Loading...