प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको समय सकिएको छ। मतदानको समय सकिए पनि लाइनमा बसेकाहरूले भने भोट हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनमा कति प्रतिशत मत खस्यो भन्नेबारे आयोगले केहीबेरमा पत्रकार सम्मेलन गरी जानकारी गराउने छ। प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव भएको हो।
मतदान गर्न १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ।
प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीका लागि २ हजार ४ सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने समानुपातिकतर्फ २ हजार १ सय ९९ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा छ।
त्यस्तै प्रदेशसभामा प्रत्यक्ष निर्वाचन प्रणालीका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने समानुपातिकतर्फ ३ हजार ७ सय ८ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
