काठमाडौँ । तेलुगु सिनेमाका पहिलो सुपरस्टार कृष्णा बाबु (शिव रामा कृष्ण घट्टामानेनी) को मंगलबार हृदयघातका कारण ७९ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार दिउँसो राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ । कृष्णा बाबु तेलुगु सुपरस्टार महेश बाबुका पिता हुन् ।
करिब ५ दशकको फिल्मी करियरमा कृष्णा बाबुले ३५० भन्दा बढी फिल्ममा काम गरेर कीर्तिमान बनाएका थिए । उनले सबैभन्दा छिटो २०० फिल्म गर्ने कीर्तिमान राख्नुका साथै एउटै अभिनेत्रीसँग ४८ फिल्ममा काम गर्ने कीर्तिमान पनि राखेका छन्।
कृष्णाले आफ्नी दोस्रो पत्नी विजयासँग मिलेर यो कीर्तिमान बनाएका हुन् । यससँगै उनले जया प्रदासँग ४७ चलचित्रमा पनि काम गरे । यसरी ९५ फिल्ममा उनको दुई मात्रै नायिका थिए । महेश बाबु र उनकी श्रीमती नम्रता शिरोडकर लगायत सम्पूर्ण घट्टमानेनी परिवारले सामाजिक सञ्जालमा जीएमबी इन्टरटेनमेन्टको तर्फबाट एक पोस्ट सेयर गर्दै सुपरस्टार कृष्णको निधनको जानकारी दिएका छन् ।
पोस्टमा लेखिएको छ९ अत्यन्तै दुस्खका साथ, हामी तपाईंलाई हाम्रा प्रिय कृष्णा जीको निधनको बारेमा जानकारी दिन्छौँ। उहाँ फिल्मी पर्दाभन्दा धेरै अर्थमा सुपरस्टार हुनुहुन्थ्यो। आफ्नो कामको माध्यमबाट उहाँले धेरै पात्रहरू निभाउनु भएको छ । उहाँले हामीलाई कुनै पनि कुरा भन्दा बढी माया गर्नुभयो र हामी उहाँलाई प्रत्येक बितेको दिनको साथ झन् धेरै याद गर्नेछौँ। उहाँ सधैँ भन्नुहुन्थ्यो( अलबिदा सधैँको लागि हुँदैन, जबसम्म हामी फेरि भेट्दैनौँ।’
सुपरस्टार कृष्णाको निधनको खबरले सिङ्गो भारत शोकमा डुबेको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीलगायत देशभरका सेलिब्रेटीहरूले दिवङ्गत अभिनेतालाई श्रद्धाञ्जली अर्पण गरेका छन्। सुपरस्टार कृष्णाको सम्झना गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेका छन् ।
निधनमा शोक व्यक्त गर्दै प्रधानमन्त्रीले लेखेका छन्, ‘कृष्णा जी एक महान् सुपरस्टार हुनुहुन्थ्यो, जसले आफ्नो अभिनय र जीवन्त व्यक्तित्वले जनताको मनमा राज गर्नुभयो। उहाँको निधनले सिनेमा र मनोरञ्जन क्षेत्रलाई ठुलो क्षति पुगेको छ । दुःखको यस घडीमा महेश बाबु र उहाँको परिवारसँग हाम्रो समवेदना छ । ओम शान्ति !
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
